शीर्षकहरू

मैलुङ खोलाको हकप्रद निष्कासनका लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक

मैलुङ खोलाको हकप्रद निष्कासनका लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यससम्बन्धी सम्झौता कम्पनी र क्यापिटलबीच सम्पन्न भइसकेको छ।

कम्पनीले हालको चुक्तापुँजी ३७ करोड ६३ लाख १९ हजार ८ सय रुपैयाँको १ः०.७० अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको जनाएको छ।

यसअघि, २०८२ पुस २८ गते सम्पन्न कम्पनीको १२औं वार्षिक साधारण सभाले हकप्रद सेयर निष्कासनसम्बन्धी प्रस्ताव अनुमोदन गरिसकेको थियो।

कम्पनीले हकप्रद सेयरमार्फत पूँजी संरचना सुदृढ गर्दै आगामी आयोजना विस्तार तथा वित्तीय आवश्यकताका लागि स्रोत जुटाउने लक्ष्य लिएको छ।

प्रतिक्रिया