काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडमा बीमा प्राधिकरणबाट कारबाहीमा परेका पाँच जना सञ्चालक गैरकानुनी तरिकाले पदमा रहेको खुलेको छ । प्राधिकरणले हिमालयन लाइफ इन्स्योरेन्सका पाँच जना सञ्चालकलाई २०८२ चैत ३ गते प्रमुख कार्यकारी अधिकृतलाई नियम विपरित सेवा सुविधा उपलब्ध गराएको भन्दै कारबाही गरेर चैत ६ गते पत्र पठाएर सचेत गराएको थियो ।
कम्पनीका सञ्चालक सौरभ दुगड, प्रमिला केसी, सचिन आचार्य, आशीष ढकाल र दिपक नेपाललाई बीमा प्राधिकरणले सचेत गराउदै कारबाही गरेको थियो । बीमा प्राधिकरणले यसरी कारबाही गरेका सञ्चालकहरुको हकमा बीमा ऐन, २०७९ को दफा ५० अनुसार सञ्चालक पदका लागि अयोग्य ठहर हुने कानुनी व्यबस्था रहेको छ । ५० को (ढ) मा प्रचलित कानुन बमोजिम नियमकारी नियकाले कानुन विपरित कार्य गरेको भनी कारबाही गरेको वा त्यस्तो कारबाही भएको पाँच वर्ष परा नभएको अबस्थामा पनि सञ्चाक पदमा बस्न नमिल्ने भनेको छ । यी पाँच जना सञ्चालकलाई प्राकिरणले गत चैत ३ गते मात्र कारबाही गरेको हो । त्यस्तै, बीमा ऐन, २०७९ को दफा ५१मा सञ्चालक पदमा बहाल नरहने अबस्था भनेर पुन बीमा ऐन २०७९को ५० को (ढ) बमोजिम अयोग्य भएका भनेर किटान गरेको छ ।
तर, हिमालयन लाइफ इन्स्योरेन्सको तत्कालिन सञ्चालक समितिले बीमा प्राधिकरणले प्रमुख कार्यकारी अधिकृत मनोज कुमार कर्णलाई गैरकानुनी तरिकाले तलब, भत्ता तथा अन्य सुविधा निर्धारणसम्बन्धी २ लाख रुपैयाँ जरिवाना र सचेत समेत गरेको थियो । प्राधिकरणले सौरभ दुगड, प्रमिला केसी, सचिन आचार्य, आशीष ढकाल र दिपक नेपाल सञ्चालक समितिमा रहदा नै यस्तो कारबाही गरेको थियो ।
कम्पनीबाट बाहिरिँदा प्रमुख कार्यकारी अधिकृतलाई कम्पनीले २ करोड रुपैयाँ बढी गोल्डेन हेन्ड चेक दिने निर्णय गरेको थियो । उनले ५७३ दिन अवधि बाँकी रहँदा नै गत असोजमा पदबाट राजीनामा दिएका थिए । यहि विषयमा नेपाल बीमा प्राधिकरण, हिमालयन लाइफ इन्स्योरेन्स र कम्पनीको सञ्चालक समितिविरुद्ध उनले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गर्दै उनको माग अस्वीकार गरिसकेको छ ।
नियामकको निर्णयपछि पनि पदमा निरन्तरता
धितोपत्र बजारमा भएको कथित अनियमितता तथा शेयर कारोबार सम्बन्धी कसुरमा अनुसन्धान र कारबाहीको दायरामा परेका यी पाँच सञ्चालकलाई प्राधिकरणले सचेत गरिसकेको छ । त्यसपछि उनीहरू बीमा ऐनको दफा ५० अन्तर्गत अयोग्य हुने र दफा ५१ अनुसार पदमा बहाल रहन नमिल्ने अवस्था रहेकाहरु हाल पनि पदमा रहिरहेका छन् । ।
तर,कम्पनीले उनीहरूलाई पदमुक्त नगरेको मात्रै होइन, सञ्चालक समितिका बैठक तथा निर्णय प्रक्रियामा समेत निरन्तर सहभागी गराएको आरोप छ । यसले कम्पनीको सुशासन, नियामकीय अनुपालन र बीमितहरूको हितमाथि प्रश्न खडा गरेको सरोकारवालाहरूको भनाइ छ । बीमा प्राधिकरणले भने आफैले कारबाही गरेको बोर्ड सञ्चालक समितिका सदस्यहरुको काम कारबाहीलाई प्रक्षय दिइरहेको देखिन्छ ।
धितोपत्र कसुरको मुद्दासमेत चलिरहेको अवस्था
उक्त पाँच सञ्चालकमाथि धितोपत्र सम्बन्धी कसुरमा मुद्दा चलिसकेको छ । धितोपत्र बजारमा भएको कथित अनियमित कारोबार र नियामकीय व्यवस्था उल्लंघनसँग सम्बन्धित विषयमा उनीहरू अनुसन्धान तथा कानुनी प्रक्रियामा रहेको छ ।



इन्द्र बानिया
प्रतिक्रिया