शीर्षकहरू

मिड सोलुको १५ प्रतिशत बोनस शेयर सूचीकृत, सोमबारदेखि कारोबारमा आउने

मिड सोलुको १५ प्रतिशत बोनस शेयर सूचीकृत, सोमबारदेखि कारोबारमा आउने

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडको १५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीले गत पुस २१ गते पारित गरेको बोनस शेयरअन्तर्गत ११ लाख २२ हजार ६०० कित्ता शेयर जेठ १ गते नेप्सेमा सूचीकृत गराएको हो । यी शेयर आगामी सोमबारदेखि कारोबारमा आउनेछन् । यद्यपि सम्बन्धित शेयरधनीले आफ्नो हितग्राही खातामा शेयर जम्मा भएपछि मात्रै कारोबार गर्न पाउनेछन् ।

कम्पनीले बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको थियो । ७४ करोड ८४ लाख रुपैयाँ चुक्तापूँजीका आधारमा कम्पनीले कुल १७ दशमलव ७९ प्रतिशत लाभांश वितरण गरेको जनाएको छ ।

बोनस शेयर समायोजनपछि कम्पनीको चुक्तापूँजी बढेर ८६ करोड ६ लाख ६० हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ३२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ८७ पैसा कायम भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया