शीर्षकहरू

नेप्सेद्वारा ग्रामीण विकास लघुवित्तसँग स्पष्टीकरण माग

नेप्सेद्वारा ग्रामीण विकास लघुवित्तसँग स्पष्टीकरण माग

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड सँग समयमै सूचना सार्वजनिक नगरेको विषयमा स्पष्टीकरण माग गरेको छ ।

नेप्सेले बिहीबार पत्र जारी गर्दै कम्पनीको सञ्चालक समिति बैठकबाट भएका निर्णय ढिलो गरी सार्वजनिक गरिएको भन्दै तीन कार्यदिनभित्र जवाफ पेश गर्न निर्देशन दिएको हो ।

नेप्सेका अनुसार कम्पनीको सञ्चालक समिति बैठक २०८३ जेठ ३ गते बिहान ७ बजे बसेको थियो । बैठकले आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभा गर्ने, सेयर दाखिला–खारेजसम्बन्धी निर्णय गर्ने तथा लाभांश वितरण गर्ने वा नगर्ने विषयमा निर्णय गरेको थियो ।

तर उक्त सूचना नेप्सेको ‘नोट्स’ प्रणालीमा जेठ ७ गते बिहान ९ः३३ बजे मात्रै अपलोड गरिएको पाइएको नेप्सेले जनाएको छ ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) अनुसार सूचीकृत संस्थाले धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी वा निर्णय सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि बिहान १०ः३० बजेसम्म सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

नेप्सेले उक्त व्यवस्था विपरीत किन तीन कारोबार दिनपछि मात्रै सूचना सार्वजनिक गरिएको हो भन्ने स्पष्ट पार्न कम्पनीलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया