काठमाडौं। जीडी फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया अघि बढाएको छ। कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न असार १ गते विशेष साधारणसभा बोलाएको छ।
कम्पनीका अनुसार विशेष साधारणसभा सोमबार बिहान ८ बजे काठमाडौंस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्नेछ।
सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्तावमाथि निर्णय गर्नुका साथै जारी पुँजी वृद्धि, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा छलफल गर्नेछ। यस्तै, दायित्व समायोजनका लागि सेयर बिक्री तथा बाँडफाँड गर्न आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।
कम्पनीले आईपीओ निष्कासनसँग सम्बन्धित आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने तयारी गरेको जनाएको छ।
विशेष साधारणसभाबाट प्रस्ताव पारित भएमा जीडी फर्मास्युटिकल्सले नियामकीय स्वीकृतिपछि सर्वसाधारणका लागि सेयर निष्कासन प्रक्रिया अघि बढाउनेछ।
आर्थिकन्यूज
प्रतिक्रिया