शीर्षकहरू

एनआईसी एशिया बैंकको साधारण सभाबाट ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित

एनआईसी एशिया बैंकको साधारण सभाबाट ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको वार्षिक साधारण सभाले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ।

काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सोमबार सम्पन्न २८औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा २०८२ आषाढ मसान्तसम्मको वित्तीय विवरणहरू स्वीकृत गरेको छ।

सभाले बैंकको चुक्ता पुँजी वृद्धि गर्ने उद्देश्यसहित २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। आवश्यक नियामक निकायहरूको स्वीकृति प्राप्त भएपछि हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

सभाबाट संस्थापक तथा सर्वसाधारण सेयरधनीहरूको प्रतिनिधित्व गर्दै नयाँ सञ्चालक समिति पनि निर्विरोध चयन गरिएको छ। संस्थापक समूहबाट अशोक कुमार अग्रवाल, रामचन्द्र संघई र जयन्त कुमार अग्रवाल चयन भएका छन् भने सर्वसाधारण समूहबाट आदित्य कुमार अग्रवाल, केशव प्रसाद लम्साल र अनुपा प्रधान राजभण्डारी निर्वाचित भएका छन्।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलका अनुसार साधारण सभाले बैंकको आगामी रणनीति तथा पुँजी संरचना सुदृढ गर्ने दिशामा महत्वपूर्ण निर्णय गरेको छ।

प्रतिक्रिया