शीर्षकहरू

बीमा प्राधिकरणको अध्यक्षका लागि ५० जनाको आवेदन

बीमा प्राधिकरणको अध्यक्षका लागि ५० जनाको आवेदन

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि ५० जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन आज जेठ १९ गते मंगलबार साँझ ५ बजेसम्म ५० जनाले आवेदन दिएका हुन् । 

जहाँ नेपाल बीमा प्राधिकरणका ३ जना कर्मचारीले पनि आवेदन दिएका छन् । प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मी, निर्देशक पुजन ढुँढुङ्गेल अधिकारी  र उपनिर्देशक विरोध भट्टले पनि आवेदन दिएका हुन् । अर्थ मन्त्रालयले प्राधिकरणको अध्यक्ष पदका लागि जेठ १३ गते ७ दिनकाे म्याद राखेर आवेदन खुलाएको थियो । 

सरकारले २०८२ असार ३० गते प्राधिकरणका तत्कालीन अध्यक्ष शरद ओझालाई निलम्बन गरेको थियो । यसँगै प्राधिकरण नेतृत्व विहीन अवस्थामा थियो । सरकारले सहसचिव र सचिवलाई अस्थायी रूपमा अध्यक्षकाे जिम्मेवारीमा खटाउँदै आएको थियो । ।

प्राधिकरणकाे अध्यक्षका लागि बीमा ऐन, २०७९ को दफा ८ को उपदफा (१) (क) अनुसार बीमा, मौद्रिक, बैङ्किङ्ग, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको व्यक्ति हुनु पर्ने उल्लेख छ।

प्रतिक्रिया