शीर्षकहरू

शिक्षा क्षेत्रको बजेट ७ अर्ब १३ करोडले बढ्यो

शिक्षा क्षेत्रको बजेट ७ अर्ब १३ करोडले बढ्यो

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रको बजेट बढाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्।

गत आर्थिक वर्ष २०८२/०८३ मा शिक्षा क्षेत्रका लागि २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ बजेट छुट्याइएको थियो। यस आधारमा आगामी वर्षको शिक्षा बजेट अघिल्लो वर्षको तुलनामा ७ अर्ब १३ करोड रुपैयाँले वृद्धि भएको छ। 

सरकारले शिक्षा क्षेत्रको गुणस्तर सुधार, प्रविधिमैत्री शिक्षण प्रणाली, मानव पूँजी विकास तथा अनुसन्धानलाई प्राथमिकतामा राखेको जनाएको छ। तर बजेट विनियोजनको आकार हेर्दा पूर्वाधार विकासले यस वर्ष पनि शिक्षा क्षेत्रलाई उछिनेको देखिएको छ।

प्रतिक्रिया