ललितपुर । प्याब्सन जिल्ला कार्य समिति ललितपुरद्वारा आयोजित एसईई परिक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
सो अवसरमा मुख्यमन्त्री बानियाँले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै उनीहरूको मेहनत, लगनशीलता र सफलताको प्रशंसा गरे। उनले गुणस्तरीय शिक्षाको विकास र विद्यार्थीहरूको प्रतिभा प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्न विद्यार्थीहरूलाई शुभकामना व्यक्त गरे।
कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी, अभिभावक, शिक्षक तथा शिक्षासँग सम्बन्धित विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो। आयोजक प्याब्सन ललितपुरले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया