काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको नाफा सामान्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक विवरण अनुसार खुद नाफा १६ लाख रूपैयाँले बढेको हो ।
कम्पनीले पछिल्लो ९ महिनामा ३६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा यस्तो नाफा ३६ करोड ६३ लाख रुपैयाँ थियो ।
नाफासँगै कम्पनीको व्यापार भने वृद्धि भएको छ । गत आवको ९ महिनामा ३ अर्ब ७३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको कम्पनीले यो वर्षको सोही अवधिमा ५ अर्ब १६ करोड रुपैयाँ संकलन गरेको छ ।
कम्पनीको कुल आम्दानी र दाबी भुक्तानी खर्च दुवै बढेको छ । कुल आम्दानी ४ अर्ब ८२ करोडबाट बढेर ६ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । यस्तै, दाबी भुक्तानी ३ अर्ब ५१ करोडबाट बढेर ४ अर्ब ५८ करोड पुगेको छ ।
कम्पनीको जीवन बीमा कोषको आकार ४२.१४ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको ९ महिनासम्म ११ अर्ब ८४ करोड रुपैयाँ रहेको कोषमा चालु आवको साही अवधिमा १६ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।
५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रति शेयर आम्दानी बढेर ९.८१ रुपैयाँ पुगेको छ । जुन गत आवको साही अवधिमा ९.७७ रुपैयाँ थियो । प्रति शेयर नेटवर्थ १३१.४९ रुपैयाँ र प्रति शेयर कुल सम्पत्तिको मूल्य ४९३.८७ रुपैयाँ रहेको छ । कम्पनीले २० अर्ब ८१ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया