शीर्षकहरू

इक्रा नेपालद्वारा हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई ‘आईसीआरएएनपी–आईआर ए–’ रेटिङ प्रदान

इक्रा नेपालद्वारा हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई ‘आईसीआरएएनपी–आईआर ए–’ रेटिङ प्रदान

काठमाडौं । इक्रा नेपाल लिमिटेडले हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडलाई ‘आईसीआरएएनपी–आईआर ए–’ इस्युअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीलाई समयमै आफ्ना वित्तीय दायित्व पूरा गर्न पर्याप्त रूपमा सुरक्षित मानिएको संकेत गर्ने इक्रा नेपालले जनाएको छ।इक्रा नेपालका अनुसार यो रेटिङ संस्थाको समग्र क्रेडिट विश्वसनीयता तथा वित्तीय दायित्व बहन गर्ने क्षमताको मूल्यांकन हो। 

यो कुनै विशेष ऋणपत्र वा लगानी उपकरणसम्बन्धी सिफारिस भने होइन। रेटिङ प्रणालीअनुसार ‘आईसीआरएएनपी–आईआर एए’ देखि ‘आईसीआरएएनपी–आईआर सी’ सम्मका श्रेणीमा प्रयोग हुने ‘प्लस (+)’ वा ‘माइनस (–)’ चिन्हले सम्बन्धित श्रेणीभित्रको तुलनात्मक स्थिति जनाउने गर्दछ। यसअनुसार ‘ए+’ रेटिङ ‘ए’ भन्दा माथिल्लो स्तरमा पर्ने भए पनि ‘ए–’ भने ‘ए’ भन्दा केही कमजोर अवस्थालाई जनाउने इक्रा नेपालले स्पष्ट पारेको छ।

प्रतिक्रिया