काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड र वाइज याक सोलुसन्स प्रालिबीच कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगमार्फत स्थानीय भाषामा बीमा सचेतना कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ।
सम्झौताअनुसार सिरहा, सप्तरी, धनुषा र महोत्तरी जिल्लाका बीमाको पहुँचबाट टाढा रहेका समुदाय तथा वर्गलाई लक्षित गरी स्थानीय भाषामै बीमासम्बन्धी जानकारी र सचेतना कार्यक्रम सञ्चालन गरिनेछ।
कार्यक्रममार्फत बीमाको महत्व, आवश्यकता र लाभबारे जनचेतना अभिवृद्धि गर्दै ग्रामीण तथा विपन्न समुदायसम्म बीमा सेवाको पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ।
सम्झौतापत्रमा सानिमा जिआईसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुधुम्नप्रसाद उपाध्याय र वाइज याक सोलुसन्सका सीईओ प्राडा सुरेश मानन्धरले हस्ताक्षर गरेका छन्।
दुवै संस्थाले एआई प्रविधिको उपयोग गरी स्थानीय भाषामा प्रभावकारी सूचना प्रवाह गर्दै बीमा क्षेत्रप्रति जनविश्वास र सहभागिता बढाउने विश्वास व्यक्त गरेका छन्।
आर्थिकन्यूज
प्रतिक्रिया