शीर्षकहरू

अख्तियारको दबाबपछि ६ बीमा कम्पनी कारबाहीमा

अख्तियारको दबाबपछि ६ बीमा कम्पनी कारबाहीमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले थप ६ इन्स्योरेन्स कम्पनीलाई कारबाही गरेको छ । आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ६ वटा इन्स्योरेन्स कम्पनीलाई कारबाही गरेको हो । 

प्राधिकरणले युनाइटेड अजोड इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सानिमा जीआइसी इन्स्योरेन्स र नेको इन्स्योरेन्सलाई कारबाही गरेको स्रोतले बताएको छ । उनीहरुलाई २/२ लाख रुपैयाँ जरिवाना गरिएको छ । 

फास्ट ट्र्याक को पेसागत क्षतिपूर्ति बीमामा निर्धारण गरिएको बीमाशुल्क भन्दा कम दरमा बीमा लेख जारी गरेकाले उनीहरुलाई कारबाही गरेको हो । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो देखाएको थियो । अख्तियारले उक्त कम्पनीहरूबारे छनबिन गर्न प्राधिकरणलाई पत्र नै पठाएको थियो। 

सोही अनुसार प्राधिकरणले छानबिन गरेर कारबाही गरेको हो । यस्ता प्रकृतिका गल्ती दोहोरिएमा आगामी दिनमा सम्बन्धित कम्पनीलाई २५ लाख रूपैयाँसम्म जरिवाना गरिने चेतावनी प्राधिकरणले दिएको छ । 

प्रतिक्रिया