काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा घरजग्गाको कारोबार घटेको छ । गत आर्थिक वर्षको सोही महिनाकाे तुलनामा चालु आवको जेठमा घरजग्गाको कारोबारमा सामान्य गिरावट आएको हो ।
कारोबारमा गिरावट आएपनि यसबाट संकलन हुने राजस्वमा भने वृद्धि भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । विभागका अनुसार यस महिनामा १ लाख ४८ हजार ७६३ पटक घरजग्गाको कारोबार भएको छ, जहाँ ५४ हजार ७२४ पटक लिखत पारित भएको हो । गत आवको जेठ मिहनामा १ लाख ५६ हजार ७५२ पटक कारोबार हुँदा ५६ हजार १० पटक लिखत पारित भएको थियो ।
यस महिनामा ५ अर्ब २४ करोड ४२ लाख रुपैयाँ बढीको राजस्व संकलन भएको छ । गत आवको जेठमा घरजग्गाको कारोबारबाट ४ अर्ब ७२ करोड ७१ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।
तुलनात्मक रुपमा १०.९३ प्रतिशतले राजस्व संकलन बढेको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया